Section 6
आयुर्वेदिक औषधि उत्पादन र बिक्री–वितरण
६.१ आयुर्वेदिक औषधि उत्पादन गर्न स्वीकृति लिनु पर्ने :
६.१.१ नेपाल सरकारले परिषद्को परामर्श लिई नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका खास किसिमका आयुर्वेदिक औक्षधिहरु उत्पादन गर्न आयुर्वेद विभागको पूर्वस्वीकृति लिनु पर्नेछ ।
६.१.२ उपदफा ६.१.१ बमोजिम तोकिएका आयुर्वेदिक औषधिहरु उत्पादन गर्न चाहने व्यक्तिले स्वीकृतिको लागि तोकिए बमोजिम आयुर्वेद विभागमा निवेदन दिनु पर्नेछ ।
६.१.३ उपदफा ६.१.२ बमोजिम प्राप्त निवेदनमा आयुर्वेद विभागले आवश्यक जाँचबुझ गरी आवश्यक देखेमा परिषद्को परामर्श लिई निवेदन दिने व्यक्ति दर्तावाला चिकित्सक नभएमा निजले दर्तावाला चिकित्सकको रेखदेख र नियन्त्रणमा रही आयुर्वेदिक आषाधि उत्पादन गर्नुपर्ने गरी तोकिए बमोजिम स्वीकृति दिन सक्नेछ ।
६.१.४ आयुर्वेदिक औषधि उत्पादन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
 
६.२ प्रेशक्रिप्सन बिना आयुर्वेदिक औषधि बिक्री गर्न नपाउने :
नेपाल सरकारले परिषद्को परामर्श लिई नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका खास किसिमका आयुर्वेदिक औषधिहरु दर्तावाला चिकित्सकको प्रेशक्रिप्सन बिना बिक्री वितरण गर्न पाइने छैन ।